• कथा

    एउटा अधुरो कथा – घर कब आवोगे

    घर कब आओगे? लामो समय पछि उसको कपाल काट्ने पसलमा पुगेर मेरा कपाल र दारीमा उसले गर्नु पर्ने योगदानबारे छोटो निर्देशन दिएपछि म विशाल ऐनाअगाडि राखिएका एक कुर्सीमा बसेँ । आकाशे रंगको कपडा झट्काएर मेरो घाँटीमा बेरिदिँदै गर्दा उसले सोध्यो, ‘दाइ फेरि कान्तिपुरमै आउनु भयो?’ कपडा बेरिएको घाँटीभित्रको नलिलाई खुकुलो बनाउँदै मैले हैन भनेँ । नजिकै शान्तिनगरमा डेरा सरेको बुझाएँ । उ केही बोलेन । एकछिन पछि हातमा कैँची चलाउँदै सोध्यो ‘कस्तो काट्ने? कति काट्ने’ यो मामिलामा म निकै सजिलो मान्छे । ‘जत्रो मन लाग्छ तेत्रो, जस्तो मन लाग्छ तेस्तो । म केही भन्दिनँ’ मेरो जवाफ सुनेर झन् कन्फ्युज भए जसरी टाउको घुमाइ घुमाइ मेरो झाङ्गिएको कपाललाई कोण कोणबाट निरिक्षण…

  • कथा

    म गणितमा कमजोर छु

    “तिमीलाई के गर्न मन लाग्छ ?” “मलाई भ्वाइलिन बजाउन मन लाग्छ। अनि प्यानो पनि बजाउन मन लाग्छ। अरु केही पनि गर्न मन लाग्दैन। मात्रै प्यानो र भ्वाइलिन बजाउन। प्यानो र भ्वाइलिन मेरा सबैभन्दा मिल्ने साथी हुन्।” “तिमीले नेपालको बारेमा सुनेकी छ्यौ ?” read more

  • कथा

    त्यो अफिस

    त्यो दिन, त्यस अफिसमा हामी दुबै जनाको लागि पहिलो थियो। हाकिमले आफ्नो कोठामा बोलाएर मलाई सामान्य ब्रिफिङ गरेपछि आफ्नो लामो, कैलो कपाल दुई हातले सपक्क मिलाउँदै उ हाकिमको कोठामा छिरेको थियो। लामो, त्यसमाथि रङ्गाइएको सतिशको कपालले मलाई राम्रो इम्प्रेसन त दिएको थिएन। तर केही हप्तामै मलाई फर्स्ट इम्प्रेसन इज लास्ट इम्प्रेसन भन्ने कुरा गलत लाग्न थाल्यो। अफिसमा हाम्रो उमेरका अरु कोही नभएर पनि होला हामीले चिया खाने र गफिने साथीका रुपमा एक अर्कालाई नै देख्न थाल्यौं। बिस्तारै यो चिया–चौतारीमा मात्र सीमित भएन, अरु कसैलाई नभनिने कुरा हामीले एक अर्कालाई भन्न थाल्यौं। गफका विषयहरु प्राय महिला र तीनका शारीरिक बनौटका हुन्थे। र केही यहाँ लेख्न नमिल्ने खालका हुन्थे। एक दिन सतिशले…