गजल वाचन

एक दिन अफिसमै बस्दा एउटा ‘गजल’ फुर्याथ्यो । मलाई गजलको प्राविधिक पक्षबारे केही पनि थाहा छैन भन्दा नि हुन्छ । अरुले लेखेको गजलको शैलीलाई पछ्याएर गजल लेखेँ भन्ठान्छु । हुन त यो गजल उज्यालो एफ एमका अच्युत घिमिरेले आफ्नो चर्चित कार्यक्रम बुलबुलमा पनि वाचन गरिदिनु भएको थियो । अफिसमा आडैको कुर्सीमा बस्ने भानु बोखिमलाई पनि यो गजल मन परेछ । उनले आफ्नो आवाजमा वाचन गरेर रेकर्ड गर्ने जाँगर देखाए । पृष्ठभूमिमा हिन्दी गानाको सँगित भरेर मिक्सिङ गर्ने महान् कार्य पनि भानु जीबाटै सम्पन्न भयो । भानु जी कै आग्रहमा यसमा इन्टरनेटबाट डाउनलोड गरिएका केही तस्बिर हालेर भिडियोको रुप दिइयो र युट्युबमा हालियो । युट्युबमा मैले निकै लामो समयपछि अपलोड गरेको भिडियो हो यो ।


One response to “गजल वाचन”

  1. हामीसँग केवल एक साँझ थियो
    तिम्रो खुसी अरूकै माझ थियो …
    प्राविधिक पक्षबारे केही थाहा नहुँदै त कमलजीको गजल यति मादक, पकड अझ बढे झन् बज्र आउने होला । मन पर्‍यो । भानुजीको मिक्सिङ पनि उल्का छ है 😉

Leave a Reply

Your email address will not be published. Required fields are marked *