• कथा

    एउटा अधुरो कथा – घर कब आवोगे

    घर कब आओगे? लामो समय पछि उसको कपाल काट्ने पसलमा पुगेर मेरा कपाल र दारीमा उसले गर्नु पर्ने योगदानबारे छोटो निर्देशन दिएपछि म विशाल ऐनाअगाडि राखिएका एक कुर्सीमा बसेँ । आकाशे रंगको कपडा झट्काएर मेरो घाँटीमा बेरिदिँदै गर्दा उसले सोध्यो, ‘दाइ फेरि कान्तिपुरमै आउनु भयो?’ कपडा बेरिएको घाँटीभित्रको नलिलाई खुकुलो बनाउँदै मैले हैन भनेँ । नजिकै शान्तिनगरमा डेरा सरेको बुझाएँ । उ केही बोलेन । एकछिन पछि हातमा कैँची चलाउँदै सोध्यो ‘कस्तो काट्ने? कति काट्ने’ यो मामिलामा म निकै सजिलो मान्छे । ‘जत्रो मन लाग्छ तेत्रो, जस्तो मन लाग्छ तेस्तो । म केही भन्दिनँ’ मेरो जवाफ सुनेर झन् कन्फ्युज भए जसरी टाउको घुमाइ घुमाइ मेरो झाङ्गिएको कपाललाई कोण कोणबाट निरिक्षण…

  • पत्रहरु

    पत्र लेख्न छोडेको वर्षौंपछि १५ सालको जनवरीको चीसो साँझमा आफैंलाई एउटा पत्र

    प्यारो म मलाई औपचारिकतादेखि घृणा लाग्छ । अनि यति भन्दा भन्दै पनि औपचारिक हुने आफ्नै बानीदेखि अनौठो लाग्छ । मन नपर्ने सबै कुराबाट भाग्न सकिँदैन । मन परेजस्तो गरिदिनु । रमाए जस्तो गरिदिनु । थाहा छैन मान्छेलाई के ले बाँधेको हुन्छ । मलाई नि बाँधेकै होला केहीले त । read more

  • लेख

    ट्याक्सी नम्बर ५९५९

    गंगा तटमा रचिएका टैगोरका आत्मकथा, सत्यजित रे र रितुपर्नो घोषका फिल्म, भुपेन हजारिकाका गीत र अरु यस्तै इधर-उधरले कलकत्ता जाने हुटहुटी लामो समयदेखि मनमा थियो । यसपालिको दशैं विदामा त्यो तिर्खाले शान्ति पायो । सँगै काम गर्ने हामी चार सहकर्मी एक-एउटा झोला भिरेर सुनौली हुँदै गोरखपुरको रेल पकड्न रमाना भयौं । उसो त कलकत्ता नेपालबाट सबैभन्दा नजिकैको बन्दरगाह पनि हो । पूर्वी नाका काकडभिट्टाबाट जाँदा धेरै छोटो पर्ने थाहा भइकन पनि हामी पश्चिमतिर लागेका थियौं । किनकि गोरखपुरबाट रेल धेरैबेरसम्म चढ्न पाइन्छ । भारत यात्रामा सँधै रेलले आकर्षण गर्छ । रेलमा दिनभरि, रातभरि दौडिरहनु मात्रै पनि यात्राको आधासरो आनन्द हो । read more

  • English Poems

    Question

    I love questions without answers And answers without question Tell me Would you answer Or question?Sometimes no question is question And silence Is the best answerHow many questionsexist betweenOne silence to another silenceHow many answers Lie betweenOne question to anotherI love moments without memories And memories without moments Would you be My memory or moment?If you asked me same question I would rather be silent.

  • सत्य नाडेला
    लेख

    सत्य नाडेला को इमेल

    सन् १९६७ मा भारतको आन्ध्रप्रदेशको हैदरावादमा नाडेला सत्यनारायण चौधरी भन्ने केटो जन्मिँदा, माइक्रोसफ्ट भन्ने कम्पनी नै स्थापना भएको थिएन । सन् १९७५ मा बिल गेट्सले स्थापना गरेको माइक्रोसफ्टको सबैभन्दा शक्तिशाली पदमा अघिल्लो हप्ता ४६ वर्षका सत्य नाडेला नियुक्त हुनु र बिल गेट्स स्वयंले माइक्रोसफ्टको बोर्डको अध्यक्षबाट पनि राजीनामा दिनु संयोग मात्र थिएन । धेरै विश्लेषकहरूको शब्दमा यो एउटा युगको अन्त्य पनि थियो । सत्य नाडेलाको माइक्रोसफ्टको युगचाहिं १९९२ तिर सुरु भएको थियो । त्यसअघि उनले हैदरावादकै सार्वजनिक स्कुल पढेका थिए । कर्नाटकको मणिपाल इन्स्िटच्युट अफ टेक्नोलोजी गएका थिए र त्यसपछि अमेरिका गएर कम्प्युटर साइन्स र व्यवस्थापनमा स्नातकोत्तर गरेका थिए । प्रविधि उत्पादन गर्ने र कम्प्युटरका कल्याल्मल्याङ कोडमा घोत्लिरहने माइक्रोसफ्टका कर्मचारीहरू…

  • shantinagar cityscape
    Video

    Where do the Children Play? – Cat Stevens

    Where do the Children Play? I have always been a big fan of Cat Stevens (Yusuf Islam). Though I can not articulate all the meanings of his songs and their impacts, I just find his songs very meaningful and connected with our societies. Even the songs he wrote and sang in 70s are still relevant and meaningful. One of my favorite is ‘where do the children play?’ Well, that is a big question for metro cities like Kathmandu. And the question is going to be even bigger in coming decades. One fine evening I filmed kids in my neighborhood in Eastern Kathmandu and tried to sync them with the song.…

  • लेख

    पूर्व चार नम्बर

    ठमेलमा आगो लाग्दा भोजपुर बजारमा पानी परिरहेको थियो । उसो त केही दिनअघि नेपालै बन्द भइरहँदा पनि त्यसको प्रभाव यहाँका सीमित राजनीतिक कार्यकर्ताहरूले ि चया पसलमा बसेर मसिनो स्वरमा गर्ने कुराकानीमा बाहेक अन्यत्र देखिएको थिएन । धनकुटाको हिलेबाट पाखि्रबाससम्मको कालोपत्रे सडकपछि झन्डै २५ किलोमिटर कच्ची ओरालोमा धूलो उडाउँदै अरुण नदीको तीरमा पुगिन्छ । अरुणमा एक विदेशी संस्थाको सहयोगमा धमाधम पक्की फलामे पुल बन्दैछ । अढाइ सय मिटर उचाइमा तातो हावा चल्ने अरुण किनाराका छाप्राहरू अब बिस्तारै बजार बन्दै छन् । धरान, धनकुटादेखि भोजपुर र संखुवासभा जाने मिनिबस र जिपहरू धूलो उडाउँदै आएर यही लेगुवा भन्ने ठाउँमा घ्याच्च रोकिन्छन् र अरुण तर्न पालो कुरेर बस्छन् । फलामे तारमा बाँधिएको फेरिमा मोटरसाइकलदेखि,…

  • कविताहरु

    कति पटक १२ बज्यो होला जिन्दगीमा?

    १२ बजे गएको थियो भुइँचालो च्यापेर लालाबाला हुित्तँदै आँगनमा झरेकी उनी रातभरि टोलाएकी थिइन् तीन आँख्ले तारा हेर्दै परदेशीको सम्झनामा १२ बजेतिर खोलामा भैंसी आहाल बस्थ्यो र उनी डोकाभरि घाँस काटिरहन्थिन् खोलाको डिलमा बसेर धोर्जे सुसेली रहन्थ्यो छिमेकको एउटा बुढो लाहुरे बल्छी बोकेर आउँथ्यो खोलामा १२ बजे कहिले घाम लाग्थ्यो कहिले पानी पर्थ्यो कहिले त बाढी नै आएको थियो चट्याङ परेको थियो हुरि चलेको थियो धुलो उडेको थियो रेडियोमा गित बजेको थियो स्कुलबाट केटाकेटी छिटै घर फर्केका थिए छिमेकीको घरमा सत्यनारायण पुजाको पर्साद खाने बेला भएको िथयो पेट दुखेको थियो जुलुस देखिएको थियो रत्यौली नाचेका थिए गाउँभरिका आइमाइहरु १२ त कति बज्यो कति जिन्दगीमा कहिले दिउसोको १२ बज्यो कहिले रातीको…

  • लेख

    छोटिएका बाटाहरू, लम्बिएका सपनाहरू

    एक वर्षअगाडि, जतिखेर अहिले पुरानो भएको ६९ साल भर्खरै जन्मेको थियो, तमाम निराशाका बाबजुद नेतादेखि ‘जनता’ भनिने रैतीसम्मले रंगीन सपना देखेका थिए र देखाएका थिए । पृथ्वीले अनन्त ब्रह्माण्डमा एउटा बलिरहेको आगोको डल्लोलाई चक्कर लगाउँदा उत्पन्न हुने दिन र रातहरूको सिलसिलेबर गिन्ती गर्न, सायद सुरु भएको तिथि-मिति र पात्रोमा हिउँद र वसन्तहरूको एउटा शृंखलापछि फेरि सुरु हुने दिनहरूको नयाँ गिन्तीलाई नयाँ वर्ष भनिन्छ । संसारभर यो एउटा विशेष बहाना हुने गर्छ सपना देख्न, भविष्यवाणी गर्न, आशावादी हुन । हुन त हामी हरेक वर्ष यस अवसरको चरम दुरुपयोगको सिकार हुँदै आएका छौं । आधुनिक नेपाली इतिहासका हरेक नयाँ वर्षमा कति शुभशुभ कामनाहरू गरिए होलान् । कति सपना देखाइए होलान् । पोहोर…